फाइल तस्वीर

राजनीति

चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमाले निर्णय

By खबरहब

April 01, 2023

काठमाडौँ – नेकपा (एमाले)ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन– २ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उनीहरु दुवैलाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ । बारा–२ मा भने को उम्मेदवार बनाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने तत्काल निर्णय नगरिएको उनको भनाइ छ । उनले उक्त निर्वाचन क्षेत्रमा भोलिसम्ममा उम्मेदवार तय गर्ने बताए ।

उपमहासचिवसमेत रहनुभएका नेता गुरुङले कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा पार्टीले वर्षभरि कार्यक्रम बनाएर मनाउने निर्णय गरेको बताए ।