खेलकुद

थ्री स्टारले जित्यो खप्तड गोल्डकपको उपाधि

By खबरहब

April 01, 2023

धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ ।धनगढी रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई २– ० गोल अन्तरले हराउँदै थ्री स्टारले उपाधि जितेको हो ।

थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक गोल गरे ।अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा कप्तान बिक्रमले गोल गर्दै थ्री स्टारलाई २– ० को जित दिलाए ।

थ्री स्टार पहिलो पटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो । मनाङ भने तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्नबाट बन्चित भएको छ । उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।