फाइल फोटो

राजनीति

‘श्रमजीवी वर्गको जीवनमा रुपान्तरण ल्याउन सम्भव छ’

By खबरहब

May 01, 2023

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक उपलब्धिको जगमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमार्फत आम जनताको जीवनमा परिवर्तन ल्याउन प्रण गर्नुपर्ने बेला आएको बताएकी छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिने बताएकी छन् ।

संविधान प्रदत्त शिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारीलगायतका मौलिक हकको कार्यान्वयनबाट श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको उल्लेख गरिन् ।

संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्र अवलम्बन गरेर पुँजी र श्रमको उचित संयोजनमार्फत समृद्धि हालिस गर्ने संभावना फराकिलो बन्दै गएको उनको भनाइ छ ।

सामाजिक न्यायसहितको समृद्धिबाट नै नेपालमा मजदूर किसानसहित आम श्रमजीवी वर्गको जीवनमा रुपान्तरण ल्याउन सम्भव भएको उनले जिकिर गरेकी छन्।