फाइल फोटो

क्रिकेट

सन्दीपले खसाले युएईको पाँचौँ विकेट 

By खबरहब

May 01, 2023

काठमाडौँ – एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रामक रुपमा उत्रिएको छ ।

यूएईविरुद्ध नेपालका लागि सन्दीप लामिछाने पाँचौँ विकेट लिएका हुन्। जारी खेलमा युएईले १६ ओभरको समाप्तिमा जम्मा ६० रन जोडेको छ।

नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीपले एक-एक विकेट लिए।

नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ। कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो ।

ओमानलाई हराएर नेपालसँग भिड्न आइपुगेको यूएईले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।