ब्रेकिङ स्टोरी

रास्वपा बैठक : सरकारमा जाने-नजानेबारे शुक्रबार निर्णय लिइने

By खबरहब

May 01, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने- नजानेबारे शुक्रबार मात्र निर्णय लिने भएको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने- नजानेबारे आ-आफ्ना धारणा राखेका थिए।

सरकारमा जाने -नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने रास्वपा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ। उपचुनावपछि सोमबार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो ।