क्रिकेट

एसीसी प्रिमियर कप : नेपाल र यूएईको खेल भोलि हुने

By खबरहब

May 01, 2023

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ । 

सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जादा दोस्रो पटक खेल रोकिएको थियो ।

दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोकिएपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरेका हुन्  ।