सांकेतिक तस्वीर

देश/प्रदेश

बैतडीमा १९ वर्षीय युवक मृत फेला 

By खबरहब

May 01, 2023

बैतडी– बैतडीमा एक किशोर मृत फेला परेका छन् ।

सुर्नया गाउँपालिका–६ मोतीनगरमा १९ वर्षीय लक्ष्मण कुँवर मृत फेला परेका हुन् । सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका कुँवर मोतीनगरमा पसल सञ्चालन गर्दै आएका थिए ।

पसलभित्र झुण्डिएको अवस्थामा उनको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।