देश/प्रदेश

धादिङमा पुल भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प

By खबरहब

May 01, 2023

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएपछि सवारी आवागमन रोकिएको छ ।

पुल भासिएसँगै सोमबार दिउँसोदेखि नै राजमार्गको दुईतर्फी सवारी आवागमन रोकिएको हो ।

पुल भासिएर राजमार्ग बन्द हुँदा भएसँगै सो मार्ग भएर चल्ने सवारी साधन रोकिएका छन् ।