सांकेतिक तस्बिर

देश/प्रदेश

यार्सागुम्बा टिप्न गएका एक जनाको मृत्यु

By खबरहब

May 01, 2023

काठमाडौँ- बझाङमा यार्सागुम्बा टिप्न गएका एक जनाको ज्यान गएको छ ।

सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतबार साँझ मृत्यु भएको हो ।

उनको यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको र चिसोले कठ्यांग्रिएर ज्यान गएको हो । गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए ।