फाइल फोटो

ब्रेकिङ स्टोरी

महावीर पुन र सरकारबीच ७ बुँदे सहमति

By खबरहब

May 01, 2023

काठमाडौं– विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ । 

गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

सहमतिसँगै गत शुक्रबार महावीर पुन र उनका समर्थकले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ ।