सांकेतिक तस्वीर

देश/प्रदेश

कञ्चनपुरमा बेवारिस शव फेला

By खबरहब

May 01, 2023

धनगढी– कञ्चनपुरमा बेवारिस अवस्थामा एक जनाको शव फेला परेको छ । 

आइतबार प्राहरीले भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा बेवारिस अवस्थामा अन्दाजी ५५ वर्षीय गहु गोरो उचाइ ५ दशमलव २ फिट भएको कालो पाइन्ट खैरो सर्ट कालो कलरको हाइनेक निलो कलरको आस्कोट टाउकोमा ढाका टोपी पातलो शरीर कपाल र दारी जुंगा फुलेको पुरुष अचेत अवस्थामा फेला परेको थियो ।

तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन । 

मृत्यु भएका पुरुषको शव सोही अस्पतालको शब गृहमा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो साढे तीन वर्षको अवधिमा फेला परेका ४६ शवको पहिचान नखुलेको पाइएको छ ।