राजनीति

रास्वपाद्वारा वाग्ले अर्थनीति विभाग प्रमुखमा चयन

By खबरहब

May 01, 2023

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट निर्वाचित आफ्ना सांसद डा स्वर्णिम वाग्लेलाई अर्थनीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ । 

सो पार्टीको आज केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले वाग्लेलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । 

यसैगरी, आजको बैठकले विभिन्न ३६ वटा विभाग गठनसमेत गरेको जनाइएको छ । यही वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ–१ बाट वाग्ले निर्वाचित भएका थिए ।

चुनावअघि वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए ।