प्रतिकात्मक तस्वीर- गेटी इमेज

औषधी/उपचार

कागेश्वरी मनोहरामा आँखा शिविर सञ्चालन हुने

By खबरहब

May 01, 2023

काठमाडौँ– कागेश्वरी मनोहरा नगरपालिकामा आँखा शिविर सञ्चालन हुने भएको छ । कागेश्वरी मनोहराको मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा वैशाख २२ गते आँखा शिविर सञ्चालन हुन लागेको हो ।

उक्त आँखा शिविरमा मोतियाविन्दुको बिरामीलाई तिलगंगा प्रतिष्ठानद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था छ ।

शिविरको आयोजना तिलगंगा आँखा प्रतिष्ठान, कागेश्वरी मनोहरा नगरपालिका, नेश्नल ओपन स्काउट क्रु, बालगीताञ्जली स्कुल, नेपाल रेडक्रस सोसाइटीलगायातले गर्न लागेका हुन् ।