ब्रेकिङ स्टोरी

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

By खबरहब

May 01, 2023

धनगढी – धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–७ का २२ वर्षीय प्रकाश राना आइतबार राति पक्राउ परेका छन् ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले रानालाई पक्राउ गरेको हो ।

यस्तै धनगढी उपमहानगरपालिका–१० जुगेडाबाटै १ सय १० मिलिग्राम लागूऔषधसहित सोहि वडाको रानागाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।