राजस्थान – राजस्थानमा विधानसभा चुनाव हुनुअघि मुख्यमन्त्री अशोक गहलोतको नेतृत्वमा रहेको कांग्रेस सरकारले अर्को लोकप्रिय निर्णय गरेको छ।
मुख्यमन्त्री गहलोतले राजस्थानका सबै उपभोक्ताहरूलाई बिजुलीको बिलमा ठूलो राहतको घोषणा गरेका हुन्। मुख्यमन्त्रीले ट्विट गर्दै भनेका छन्, अब राज्यका जनताले १०० युनिटसम्म बिजुली प्रयोग गर्दा कुनै महसुल लाग्ने छैन।
उनका अनुसार अब हरेक महिना सबै उपभोक्ताले १०० युनिट बिजुली निशुल्क पाउनेछन्। अब जनताले अग्रिम बिल तिर्नुपर्ने छैन। उनका अनुसार जतिसुकै बिल आए पनि पहिलो १०० युनिटको विद्युत् महसुल तिर्न पर्ने छैन।
यसअघि उनले ५०० रुपैयाँमा एलपी ग्याँस दिने घोषणा गरेका थिए।