ब्रेकिङ स्टोरी

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर 

By खबरहब

June 01, 2023

काठमाडौँ– नेपाल र भारतबीच सात वटा मुख्य सम्झौतामा हस्ताक्षर भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । 

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

 बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेल मार्फत् सहमति सार्वजनिक भएको हो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन् ।