सांकेतिक तस्वीर ।

अपराध

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

June 01, 2023

कपिलवस्तु– बाणगंगा नगरपालिका-६ मटेरिया बस्ने ७० वर्षीय बम बहादुर थारू र उनकै भतिजी १८ वर्षीया अन्जनी थारूको हत्या गरेको अभियोगमा रूपन्देही कंचन गाउँपालिका-२ बगही बस्ने २२ वर्षीय मोहन थाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  छ । 

मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बम बहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा तथा अन्जनीको सोही अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।   

  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।