देश/प्रदेश

धनगढीमा युवा वैज्ञानिक सम्मेलन

By खबरहब

July 01, 2023

धनगढी – नवीन खोज, अनुसन्धान र विकास भन्ने उद्घोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि धनगढीमा सुरु भएको छ।

सम्मेलनमा रोवटिक्स फुटबल र यन्त्र रोवेटिक्स रेस सम्बन्धी प्रतिस्पर्धा भइरहेको छ। फुटबलमा ११ र रेसमा १६ टिमका बीचमा प्रतिस्पर्धा भइरहेको हो। दुईवटै विधाका विजेता खेलाडीलाई पुरस्कार पनि दिइने भएको छ।

प्रतियोगिताका लागि कैलाली कञ्चनपुर, बैतडी, बझाङ, दार्चुला लगायतका जिल्लाबाट आएका युवा तथा विद्यार्थी सहभागी छन्।

युवा वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिममा साथै सुर्खेत र काठमाडौंबाट आएकाले समेत विभिन्न खालका प्रदर्शनी र सिकाउने काम गरिरहेको मूल आयोजक सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको प्रदेश युवा परिषदका सदस्य सचिव युवराज कुँवरले जानकारी दिए

दुई दिने कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने समूह वा व्यक्तिलाई एक लाख रुपियाँ पुरस्कार दिइने छ।