देश/प्रदेश

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

By खबरहब

July 01, 2023

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।

पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएरका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यात्रु अलपत्र परेका छन् ।

पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।