ब्रेकिङ स्टोरी

आधुनिक संगीतका नायक दीप श्रेष्ठ

By खबरहब

July 01, 2023

नेपाली सुगम संगीतको स्वर्णिम युगलाई गीतकार एवम् सञ्चारकर्मी किरण खरेलले वि.सं. २०१८ देखि ०३८ सम्मलाई मानेका छन्। यो २० वर्षमा बनेको गीत संगीतलाई नेपाली गीत संगीतको आधार मानियो। यस बेला रेडियो नेपाल र इन्द्रेणी रेकर्ड र रत्न रेकर्डिङ संस्थानले बनाएका गीतहरूका आधारमा जति गायक गायिका आए तिनले शब्द, संगीत र गायनमा उत्कृष्टताको पहिचान पाए। त्यही स्वर्णिम युगको समयमा आएका एक गायक हुन् दीप श्रेष्ठ।

धरानमा हुर्की बढेका दीप श्रेष्ठको पुर्खौली घर धनकुटा हो। २००७ सालमा जन्म भयो। २०२५ सालमा धरानबाट काठमाडौंमा देखाउन ल्याइएको नाटक शिलान्यासको मञ्चनको बेला नाटकको मध्यान्तरमा श्रेष्ठ गायकका रूपमा मञ्चमा उपस्थित भएका थिए। अर्थात् उनी मध्यान्तरका गायकका रूपमा देखा परे।

नेपाली सुगम संगीतको स्वर्णिम युगलाई गीतकार एवम् सञ्चारकर्मी किरण खरेलले २०१८ देखि ०३८ सालसम्मलाई मानेका छन्। त्यही स्वर्णिम युगको समयमा आएका एक गायक हुन् दीप श्रेष्ठ।

कार्यक्रममा आएका प्रमुख अतिथि तत्कालीन राजा महेन्द्र शाह उनको गायकीबाट प्रभावित भएर रेडियो नेपालमा गीत गाउने मौका दिए। २०२५ सालमा पहिलो गीत विजय श्रेष्ठको शब्द संगीतमा ‘म पत्थरको देवता’को रेकर्ड गराए।

यो गीत रेकर्ड भएपछि दीप श्रेष्ठको पहिचान बृहत्तर हुँदै गयो। मध्यान्तरका गायक उनलाई प्रेम ध्वज, नारायण गोपाल, बच्चु कैलाशको युगबाट र २०३८ वा ३० सालमा आउन लागेका गायककारको बीचमा उनी एउटा रेकर्डर गायकका रूपमा स्थापित भए। यस अर्थमा पनि उनी मध्यान्तरका गायक हुन्।

श्रेष्ठले आफ्ना मित्र विजय श्रेष्ठका साथमा ‘साइली बरी चियाबारीमा’, ’आँगनकी चेली’ जस्ता धेरै गीत गाएका छन्। उनको आवाज सुरुवातमा महिलाको जस्तो थियो। किनकी उनले लता मंगेस्करका गीतहरू गाएर आफ्नो गायन यात्रा सुरु गरेका हुन्। जब गाउँदै गए विस्तारै आफ्ना अग्रज गायक माणिक रत्न स्थापितको ‘मेरो बिटुलो विश्वास तिमीलाई’, ’तिमीले चुमेका औलाहरू तिमी नै लिएर जाऊ’ जस्ता गीतहरू गाउन थाले। त्यसपछि उनको स्वरमा परिवर्तनका झिल्का आउन थाले।

नाटक मञ्चनमा गीत गाउँदा राजा महेन्द्र उनको गायकीबाट प्रभावित भएर रेडियो नेपालमा गीत गाउने मौका दिए। उनले २०२५ सालमा विजय श्रेष्ठको शब्द संगीतमा ‘म पत्थरको देवता’को रेकर्ड गराए।

गीतकार शिवशंकर थापाको ‘विधुवालाई सिन्दुरको रहर’, अर्का गीतकार सञ्जय थापा , वसन्त थापा हुँदै किरण खरेल र रत्नशम्शेर थापाका गीत गाउन थाले। उनलाई एक समय नारायण गोपालकै प्रतिद्वन्द्वी गायक र समकालीन गायकका रूपमा पनि हेर्न थालियो। पछि उनलाई क्षयरोगले छोएपछि गाउन छोडे। मान्छेहरू नारायण गोपालसँग प्रतिस्पर्धा गर्न सक्ने गायक आउँदा आउँदै हराए भनेर पनि भन्न थाले।

जसरी अमिताभ बच्चनसँग अभिनयमा प्रतिस्पर्धा गर्दै गरेका विनोद खन्ना रजनिश आचार्यको शिष्य भएर अमेरिका गए। पछि स्वामी विनोद भारती भएपछि नम्बर १ को किताब जित्न सक्ने गायक नायक विनोद खन्नाले त्यो रिक्त स्थान बनाए। त्यसपछि अमिताभ बच्चन आएका हुन् भनेर हल्ला गरियो। यदि खन्ना रहेको भए उनी १ नम्बर रहन्थे भन्ने कुरा पनि सुनिन्छ। यही प्रसङ्ग यहाँ गायक दीप श्रेष्ठ र नारायण गोपालका बारेमा पनि आए।

तुलनात्मक रूपमा हेर्दा फरक छ। दीप श्रेष्ठले आधुनिकतामा विस्तारै पप शैलीलाई भित्र्याए र बाजामा फरक सम्मिश्रण ल्याए। श्रेष्ठले आफ्ना गीतलाई जुन किसिमले डिजाइन गर्छन् त्यो अरू भन्दा फरक हुन्छ।

गीतकार शिवशंकर थापाको ‘विधुवालाई सिन्दुरको रहर’, अर्का गीतकार सञ्जय थापा , वसन्त थापा हुँदै किरण खरेल र रत्नशम्शेर थापाका गीत गाउन थाले। उनलाई एक समय नारायण गोपालको प्रतिद्वन्द्वी गायक र समकालीन गायकका रूपमा पनि हेर्न थालियो।

उनले आफ्ना समकालीन साथी वसन्त क्षत्री, प्रकाश गुरुङको सङ्गीतमा पनि गीत गाएका छन्। तर आफ्ना अनुज पुस्ताका संगीतकारसँग गाउने क्रम ढिलो सुरु भयो। उनका अनुज सङ्गीतकार राम थापाले निकै राम्रो गीत लिएर भेट्न गएका थिए। त्यो गीत गाउँदिन अरू ल्याउनु भने। राम थापाले दीपले गाउने गीतै लिएर जान्छु भनेर साधना गरे। तर त्यो गीत तयार पार्नु भन्दा पहिला नै उनको निधन भयो।

अर्का सङ्गीतकार शुभ बहादुर सुनामले पनि श्रेष्ठलाई धेरै गीत सुनाए। त्यसमध्ये सरोज अर्यालको शब्दमा ‘आऊ आऊ मेरो दिलमा तिमी’ यो सुनेपछि श्रेष्ठले फरक आधुनिक गीत ल्याउनु भने । त्यसपछि अर्को भैरव नाथ रिमाल कदमको शब्द र शुभ बहादुर सुनामको आफ्नै सङ्गीतमा ‘हो यात्री एउटा जङ्गली पातमा’ यो गीत श्रेष्ठ र सुनामको एउटा स्मरणीय गीत मानिन्छ।

दीप श्रेष्ठले आधुनिकतामा विस्तारै पप शैलीलाई भित्र्याए र बाजामा फरक सम्मिश्रण ल्याए। श्रेष्ठले आफ्ना गीतलाई जुन किसिमले डिजाइन गर्छन् त्यो अरू भन्दा फरक हुन्छ।

अग्रज गीतकार भैरव नाथ रिमाल कदमको शब्द स्व बहादुरको सङ्गीत र दीप श्रेष्ठको स्वरले श्रेष्ठलाई झन् परिचित बनाउँदै लग्यो। गायक श्रेष्ठ अस्वस्थ हुँदा हुँदै राजा रानीको धनकुटा सवारीको बेला शिव शंकर थापाको शब्द आफ्नो सङ्गीत र कोरसको साथमा ‘भन्थी मेरो उनी’ भन्ने गीत गाए।

उनी आफ्ना अग्रज नारायण गोपाल, गोपाल योन्जन, अम्बर गुरुङका गीत गाउन चाहन्थे। तर कसैले उनलाई गीत दिएका थिएनन्। यद्यपि उनले शिवशंकरले गाएको राति भन्ने गीत र नातिकाजीको सङ्गीतमा नजाऊ छोडी यो देश आमालाई रुवाएर त्यो गीत गाइसकेका थिए।

‘भन्थी मेरी उनी मेरो पाइला नछेकी दिनु’ यो गीत पछि दीप श्रेष्ठको आगमन भयो र नेपाली श्रोताले फेरी स्वागत गरे। रत्न रेकर्डिङ संस्थानको एलपी नेपाल र रेडियो नेपालबाट बजेको गीतबाहेक श्रेष्ठको कुनै एल्बम प्रकाशित भएका थिएनन्।

दीप श्रेष्ठ गायनमा फर्किएपछि रत्न रेकर्डिङका लागि केही गीत गाए। चलचित्र ‘हामी एक हौँ’ मा अवसर पाए। माया पिरती फिल्ममा गोपाल योन्जनको सङ्गीतमा ‘आकाशको रङ्ग हजार’ भन्ने गीत गाए। त्यसपछि पहिलो एल्बल दृष्टि छोरीको नाम राखेर निकाले। यसको विमोचन अम्बर गुरुङले गरेका थिए। त्यसपछि शृङ्खलाका नामबाट अर्को एल्बम निस्कियो।

एक समय बम्बईमा गएर फिल्मको अभिनेता हुन्छु भनेर कोसिस गर्ने श्रेष्ठ बाबुबाट प्रभावित भएर आधुनिक सङ्गीतमा आएका हुन्। श्रेष्ठ आज नेपाली आधुनिक सङ्गीतका एक नायकका रूपमा परिचित छन्।

त्यसपछि २०५७ सालमा हिट्स एफएमबाट ’दृष्टि एल्बम’ वेस्ट एल्बम अफ र एयर पुरस्कार प्राप्त गरे। यो उनको जीवनको मानक पुरस्कार थियो। त्यसपछि अन्य पुरस्कारहरू पनि क्रमश पाउनेक्रम चलिरहयो। त्यसपछि उनले एकल साँझहरूको व्यापक सुरुवात विदेशसम्म भयो।

त्यसपछि उनले अनुज पुस्ताका सङ्गीतकारको लागि ढोका खोलिदिए। उनले आफ्नो दोस्रो एल्बम शृङ्खको विमोचन गर्ने बेलामा आफूलाई मन पर्ने गायक मालिक रत्न श्रेष्ठलाई प्रमुख अतिथिको रूपमा बोलाए। उक्त एल्बम विमोचनसमेत उनकै हातबाट भयो। यो विमोचनको समयमा नै गायक दिव्य खालीनले शृङ्खला एल्बमको समीक्षा गर्दै दीप शुरहरूका राजा हो भनेका थिए। यो खालीनको जीवनकालको अन्तिम कार्यक्रममा बोलेको वाक्य थियो।

दीप श्रेष्ठलाई साह्रै मन पराउने गायक नारायण गोपाल र मन पराउने गीतकार शिव अधिकारी ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ, मन्दिरमा छ तिम्रो तस्बिर लिएर जाऊ’ का गीतकारलाई श्रेष्ठले एउटा गीत गाइदिए हुन्थ्यो जस्तो लाग्दो रहेछ। आफ्नो नाटक तासको जामाको लागि गीत गाउन लगाए। श्रेष्ठले शब्द मिलेन भनेर पन्छाएपछि त्यो अर्के संगीतकारले संगीत गरे। कहिले काँही कार्यक्रममा श्रेष्ठले नारायण गोपालका गीतहरू गाइरहेको सुन्न सकिन्छ।

दोस्रो एल्बम शृङ्खको विमोचन गर्ने बेलामा गायक दिव्य खालीनले शृङ्खला एल्बमको समीक्षा गर्दै दीप शुरहरूका राजा हो भनेका थिए। यो खालीनको जीवनकालको अन्तिम कार्यक्रममा बोलेको वाक्य थियो।

श्रेष्ठलाई दोस्रो कालमा कोरोनाले छोएपछि उपचार गर्ने क्रममा रहेका डाक्टर कमल थापाले जानकारी दिएर मलाई मन पर्ने डाक्टर भनेर लेखेका थिए। उपचार पश्चात बाहिर आएपछि श्रेष्ठले राखी गौचनको शब्दमा गीत गाए। यो गीत उनको अहिलेसम्मको अन्तिम मानिन्छ।

उनले गायिकाहरूसँग पनि लामो साङ्गीतिक यात्रा तय गरेका छन्। पहिलो पटक कालेंबुङमा एकल साङ्गीतिक यात्रा प्रस्तुत गर्न गएको बेला कोसरमा साथ दिने तीन जना गायिका थिए। ती तिनै जना गायिका अहिले नेपाली सङ्गीत आकारमा सर्वाधिक चर्चित छन्। गायिका दिपा गहत्राज, सङ्गीता सुब्बा र अनुपमा प्रधान हुन्। तारादेवी, दावा ग्याल्बो, शेफिया गुरुङ, सरला गुरुङ, सपना श्री लगायतका युगल गायिकाहरूले श्रेष्ठसँग गीत गाएका छन्। श्रेष्ठले युवा पुस्ताका चर्चित सङ्गीतकार प्रविन बरायलीले सङ्गीत गरेको ‘कसैको हुन नसक्ने म तिम्रो कहाँ हुन सकौला’ भन्ने गीत पनि गाएका छन्।

दीप श्रेष्ठले सङ्गीत गरेका गीतहरु युवा पुस्ताका गायक रामकृष्ण ढकाललेसमेत गाएका छन्। श्रेष्ठ नेपाली सुगम सङ्गीतका पृथक् स्रोतको धनी मानिन्छन्।

मेरो आँखामा हर दिन बादल छाइरहयो वा बितेका कुराले केही चोट लाग्दा लगायतका गीतहरूले श्रेष्ठलाई चिनाइरहन्छ। नेपालमा म्युजिक नेपाल सुरु भएपछि रेकर्ड भएको दोभानका निम्ति श्रेष्ठले अम्बर गुरुडको सङ्गीतमा गाएका छन्। उनले सङ्गीत गरेका गीतहरु युवा पुस्ताका गायक रामकृष्ण ढकाललेसमेत गाएका छन्। श्रेष्ठ नेपाली सुगम सङ्गीतका पृथक् स्रोतको धनी मानिन्छन्।

एक समय बम्बईमा गएर फिल्मको अभिनेता हुन्छु भनेर कोसिस गर्ने श्रेष्ठ बाबुबाट प्रभावित भएर आधुनिक सङ्गीतमा आएका हुन्। श्रेष्ठ आज नेपाली आधुनिक सङ्गीतका एक नायकका रूपमा परिचित छन्। उनका श्रीमती सोफिया र छोरी दृष्टि पनि गायन क्षेत्रमै छन्। गायक दीप श्रेष्ठको सफलताको कामना गर्दछु। (गायक, सङ्गीतकार, गीतकार दीप श्रेष्ठका बारेमा प्रकाश सायमीले गरेको राखेको धारणा)