देश/प्रदेश

सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध

By खबरहब

July 01, 2023

अर्घाखाँची– अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ बहखोरमा गएराती पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क– ६ कै दहखोला र शितगंगा– १३ कोन्द्रेखोला नजिकै खसेको पहिरो हटाइसकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको रिजालले जानकारी दिए ।

यस बाहेक बीचबीचमा पनि पहिरो झरेको र पन्छाउने क्रम जारी रहेको बुझिएको छ । सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरू बिच बाटोमै अलपत्र बनेका छन्।