देश/प्रदेश

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

By खबरहब

July 01, 2023

काठमाडौँ- नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

नेपालमा पुरानो शिक्षा ऐन खारेज गरी नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन् । त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाई गर्न नहुने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले पञ्चायत ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोई, शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।