फाइल फोटो

समाचार

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौँ फिर्ता

By खबरहब

July 01, 2023

काठमाडौँ- प्राविधिक समस्याका कारण काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज अवतरण नगरी काठमाडौँ नै फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौँ विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौँ नै फिर्ता भएको हो ।

श्रीको जहाज अवतरणपछि काठमाडौँ विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ। पछिल्लो समय श्रीको जहाजमा बारम्बार समस्या आइरहेको छ ।