देश/प्रदेश

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल निर्वाचित

By खबरहब

July 01, 2023

काठमाडौँ- संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । समाजको आज ८औं अधिवेशनमा भएको मतदानमा अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचित सत्यालले ६४ मत ल्याए । यस्तै, खड्काले ४४ र सापकोटाले २७ मत ल्याइन् । महासचिवमा जयसिंह महरा निर्विरोध भएका थिए । उपाध्यक्षद्वयमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध भएका थिए । यस्तै, कोषाध्यक्षमा अमुल थापा निर्विरोध निर्वाचित भए ।

सचिवद्वयमा सविता शर्मा (समावेशी) र गुञ्जनराज गिरी निर्वाचित भए । केन्द्रीय कार्यसमिति सदस्यहरुमा राजु थापा, कमलराज भट्ट, रोमन आचार्य र रघुनाथ बजगाईँ (खुला) तर्फ निर्वाचित भए भने समावेशीतर्फ अञ्जना लामिछाने र मिरा बस्नेत निर्वाचित भए । फोटोतर्फ शीला तिमिल्सिना र भिडिओतर्फबाट विनोद कटुवाल निर्वाचित भएका छन् ।