फाइल तस्वीर

खेलकुद

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबल

By खबरहब

July 01, 2023

म्याग्दी – म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनलमा पर्वतलाई ३-२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो । उपाधि विजेता म्याग्दीले ट्रफीसहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार प्राप्त गरेको छ ।

म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौँ सेटमा क्रमश स् २५-१६, २५-१७ र १५-११ को अन्तरले पराजित गरेको हो । दोस्रो र तेस्रो सेटमा पर्वतसँग म्याग्दी २५-२१ र २५-१७ को अन्तरले पराजित भएको थियो ।

पर्वतकी पूजा ठकुरीले उत्कृष्ट खेलाडीको उपाधि पाइन् । म्याग्दीका टिम क्याप्टेन पवित्रा सिर्पालीले बेष्ट स्पाइक र रेविना घर्तिले वेष्ट सेटरको उपाधि जितिन् ।

यही असार १४ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो । प्रतियोगिताले गण्डकी प्रदेशमा महिला खेलाडी उत्पादनमा जोड दिने लक्ष्य राखिएको छ ।