सांकेतिक तस्बिर

अपराध

विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ

By खबरहब

August 01, 2023

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरापलिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने ४० वर्षीय दीपक घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-१० बस्ने २३ वर्षीय बेद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित इलाम सूर्योदय नगरपालिका-११ बस्ने २६ वर्षीय किरण राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।