समाचार

लम्पी स्कीनबारे रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

By खबरहब

August 01, 2023

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लम्पी स्कीन रोगबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । लम्पी स्कीन रोगबाट कति पशु चौपाया प्रभावित भएका छन् भन्ने यकिन गरि खोपको व्यवस्था गर्न माग गर्दै रास्वपाले उक्त प्रस्ताव दर्ता गरेको जनाएको छ ।

साथै रोगबाट प्रभावित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने समेत रास्वपाले माग गरेको छ । उक्त प्रस्तावको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन्, भने सर्मथक निशा डाँगी, सन्तोष परियार लगायतका सात जना रहेका छन् ।