फाइल फोटो

देश/प्रदेश

आज कतिमा किनबेच भइरहेको छ तरकारी तथा फलफूल ? 

By खबरहब

September 01, 2023

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ९० रुपैयाँ, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ८५, लोकल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानीय ११०, आलु रातो ५५, मुडे आलु रातो ५२, भारतीय आलु रातो ३५, लौका ६०, हरियो फर्सी ५०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ४००, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला हाइब्रीड सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ७०, टाटे सिमी ८०, तितो करेला ११०, ब्रोकाउली ३००, कागती १४०, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा प्रतिकेजी १८० रुपैयाँ, लोकल काँक्रो १२०, अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५५०, हरियो खुर्सानी अकबरे २००, लप्सी प्रतिकेजी ६०, हरियो धनियाँ २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७३, लसुन हरियो २५०, तथा रहु माछा ३१५, छडी माछा २३५, मुंगरी माछा २८० रुपैयाँ, छ्यापी सुकेको २००, भेडे खुर्सानी १२०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकुन्दर ८०, कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ११० रुपैयाँमा किनबेच भइरहेको छ । 

यस्तै, केरा दर्जनको १५०, अनार २८०, नासपाती ७०, एभोकाडो २५०, कालो अंगुर ४५०, किवी ७००, रुख कटहर ६०, शरीफा २००, फूजी स्याउ ३२०, अम्बा १००, जुनार प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।