आर्थिक

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

By खबरहब

September 01, 2023

काठमाडौँ– सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड भएको छ । यसमा गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आईपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्किङले जानकारी गराएको छ ।

योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आईपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको थियो। यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आईपीओ निष्कासन गरेको हो ।