खेलकुद

बहराइनद्वारा नेपालसामु ३२ रनको लक्ष्य

By खबरहब

September 01, 2023

काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ ओभर चार बलमा अलआउटै हुँदै ३१ रन बनायो ।

बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन् । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् । यस्तै, खुसी डङ्गोलले दुई तथा कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक–एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।