क्रिकेट

बहराईनमाथि नेपालको सानदार जित

By खबरहब

September 01, 2023

काठमाडौं– मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ । 

मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो ।  बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर कविता कुँवरले १४ बलमा १८ रन बनाइन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाइन् । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो । बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिइन् । पूजा महतो, रुबिना क्षेत्री र कविता कुँवरले समान १-१ विकेट लिइन् ।

नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ ।