राजनीति

अमेरिकी सिनेटर होलेन र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

By खबरहब

September 01, 2023

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीच द्विपक्षीय र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्का, नेपाल र माल्दिभ्सको औपचारिक भ्रमणमा रहेका सिनेटको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

होलेनको भ्रमणअघि अमेरिकी कंग्रेसको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको थियो । टोलीको नेतृत्व मार्क पोकान, यूएस कङ्ग्रेसनल एलजीबीटी इक्विलिटी ककसका सह-अध्यक्ष र कंग्रेसनल प्रोग्रेसिभ ककसका अध्यक्ष एमेरिटसले गरेका थिए।