फाइल फोटो

राजनीति

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि 

By खबरहब

September 01, 2023

काठमाडौँ– नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि बुटवलमा सुरु हुँदै छ । 

दुई दिनसम्म चल्ने अधिवेशनको सबै तयारी पुरा भएको एमालेले जनाएको छ । अधिवेशनमा प्रदेशका १२ जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधिले भाग लिने अधिवेशन आयोजक कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने जानकारी दिइन् । अधिवेशनबाट प्रदेशको नेतृत्वमा आउनका लागि निर्वाचन समेत गरिने बताइएको छ । इन्चार्ज अर्यालले सहमतिय नेतृत्व चयनका लागि बाटो खुल्ला गरेको र सहमतिमा पुग्न नसके निर्वाचनबाट टुङ्गो लगाउने बताए ।

प्रदेश कमिटीको अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरिप्रसाद रिजालले प्रचार प्रसार गर्दै आएका छन् । इन्चार्ज अर्यालले प्रदेशको नेतृत्वका लागि आकांक्षीहरु धेरै भएपनि पार्टीमा कुनै प्रकारको गुट नरहेको दावी गरे ।