राजनीति

भारतीय सेनाको गोर्खा राइफल्स रेजिमेन्ट ९ का उपरथी कक्करको नेपाल भ्रमण सम्पन्न

By खबरहब

October 01, 2023

काठमाडौँ- भारतको मध्य उत्तर प्रदेश सब एरियाका जनरल कमाण्डिङ अफिसर तथा गोर्खा राइफल्स रेजिमेन्ट ९ का उपरथी आलोक कक्करको नेपाल भ्रमण सम्पन्न भएको छ ।

छ दिने भ्रमणका लागि गत असोज ८ गते काठमाडौं आएका कक्कर भ्रमण पूरा गरेका हुन् । नेपालमा रहँदा उनले पोखरामा वीरता पुरस्कार विजेता गोर्खा सैनिक र वीर नारीलाई सम्मान गरेका थिए ।

त्यसैगरी, उनले भोेजपुरमा निर्मित भूपू सैनिक कल्याणकारी स्वास्थ्य कार्यक्रम (इसिएचएस) टाइप ई पोलिक्लिनिक (मोबाइल मेडिकल युनिट) को काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन गरेका थिए । यस पोलिक्लिनिकले भोजपुरको दुर्गम क्षेत्र र वरपर बसोबास गर्ने ५ हजारभन्दा बढी भूपू भारतीय सैनिक र उनीहरुका परिवारलाई सेवा दिने भारतीय राजदूतावासले जनाएको छ ।

नेपालमा आउँदा उनलाई नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमितकुमार शर्मा र भारतीय राजदूतावासका अधिकारीले उपरथी कक्करलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।