राजनीति

शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्छ : ओली

By खबरहब

November 01, 2023

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका छन् ।

बुधबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतको आदेशलाई मानेर, मानवअधिकार काउन्सिलका कुराहरूलाई पनि ध्यान दिएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ छ । 

उनले चाडपर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका थिए ।