राजनीति

नेताहरुले देश नै बेच्न खोजेका छन् : बालेन

By खबरहब

November 01, 2023

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमा प्रमुख बालेनले लेखेका छन्,‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन ।’

साथै बालेनले देश नै बेचे पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिने समेत उल्लेख गरेका छन् । ‘तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ’ उनले उल्लेख गरेका छन् ।

काठमाडौं उपत्यकाका मेयर तथा उपमेयरहरूको मञ्च मेयर्स फोरमको बैठकमा विवादपछि बालेन निस्किएका थिए । त्यसपछि बालेनका बारे विभिन्न टिप्पणी भइरहेको थियो । त्यसबारे बालेनले १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।

‘१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन’ उनले लेखेका छन् ।