फाइल फोटो

देश/प्रदेश

जोगियो मानव अधिकार आयोगको प्रतिष्ठा

By खबरहब

November 01, 2023

काठमाडौँ – अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिष्ठा जोगिएको छ । ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ । सरकार र सरोकारवालाको सहयोगका कारण आयोग घटुवाबाट जोगिएको हो ।

पेरिस सिद्धान्तअनुरुप आयोगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियोभने मानवअधिकार संरक्षणसम्बन्धी कानुन संशोधनमा सरकार र आयोग सरकारात्मक रहेकाले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको हो । यसअघि गानरीमा नेपाललाई घटुवा गर्न सिफारिस भएको थियो ।