सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार आक्रान्त थियो। अहिले समय बदलिएको छ। ४० वर्ष पछाडि आइपुग्दा एचआईभी सङ्क्रमण त्यत्ति घातक मानिँदैन, जत्ति त्यो समयमा मानिन्थ्यो।
कतिपय चिकित्सकको मत छ, ‘राम्रो जीवन यापनको शैली भएमा एचआईभी सङ्क्रमित भएका व्यक्तिको आयु अन्य व्यक्ति जस्तै हुन सक्छ।’ यसका केही खराब र नकारात्मक पाटा नभएका होइनन्। एक पटक सङ्क्रमित भइसकेपछि फेरि नेगेटिभ नहुनु यसको सबैभन्दा खराब पाटो हो। संसारका अहिलेसम्म ६ जना सङ्क्रमित नेगेटिभ भएको जनाइएको छ।
‘बर्लिन पेसेन्ट’को रूपमा सुरु भएको योक्रम ‘जेनेभा पेसेन्ट’ सम्म आइ पुगेको छ। क्यान्सरका बिमारी उनीहरूमा स्टिम सेल प्रत्यारोपण गरिएको थियो। जेनेभा पेसेन्टले एन्टी रिट्रोभाइरल थेरापी (एआरपी) रोकिएको २० महिनापछि पनि एचआइभी नेगेटिभ नै देखिए पनि पत्रकार सम्मेलनको आयोजना गर्दै आफूलाई आश्चर्य लागेको बताए। उनले अन्य व्यक्तिबाट सेल पाएका थिए। तर, त्यस सेलमा एचआइभी कोषमा सर्न रोक्ने कुनै म्युटेसनको सम्भावना विरलै थियो।
सन् १९९० मा सङ्क्रमित भएका उनले सन् २००५ देखि एआरपी थेरापी गराइ रहेका थिए। तीनै बिमारीमा क्यान्सरको समस्या देखिएपछि सन् २०१८ मा नै कडा किसिमको किमो थेरापी तथा पुरा शरीरको रेडियो थेरापी गरिएको थियो।
पेरिसस्थित पास्टर इन्सटीच्युटका डा. अइसर साज क्रएसन र जेनेभा युनिभर्सिटी हस्पिटलका प्राध्यापक डा. अलेक्जेन्डर काल्मीले २० महिना उनलाई निगरानीमा राखिए पनि भाइरल लोड नदेखिएको बताएका छन्। एचआइभी सङ्क्रमितलाई क्यान्सर पनि भए यो प्रविधि कत्ति प्रभावकारी हुन्छ यसको अध्ययनको बाटो पनि जेनेभा पेसेन्टको घटनाले देखाएको छ।
सन् १९९० मा सङ्क्रमित भएका उनले सन् २००५ देखि एआरपी थेरापी गराइ रहेका थिए। तीनै बिमारीमा क्यान्सरको समस्या देखिएपछि सन् २०१८ मा नै कडा किसिमको किमो थेरापी तथा पुरा शरीरको रेडियो थेरापी गरिएको थियो।
यसरी स्टिम सेल प्रत्यारोपणबाट एचआइभी नेगेटिभ हुने पहिलो व्यक्ति बर्लीन पेसेन्टको रूपमा चिनिने टिमोथी रे ब्राउन हुन्। ल्युकेमियाका बिमारी उनले सन् २००६ मा दुई प्रत्यारोपणको अवसर पाएका थिए।
उनका अंकोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ) जेरो हटरले सीसीआर-५ डेल्टा ३२ म्युटेसनको अवधारणा ल्याएका थिए। यसले क्यान्सर र एचआइभी दुवै ठिक हुने सम्भावना हेर्दै परीक्षण गरेका थिए।
सन् २००८ मा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको पूर्ण जानकारी दिइएको थियो। ब्राउनको पनि सुरुमा किमोथेरापी र त्यसपछि पुरै शरीरमा रेडियो थेरापी गरिएको थियो। अन्य व्यक्तिको सेल प्रत्यारोपण गरिएपछि उनले पनि केही समय एआरटी रोकेका थिए। त्यसरी रोकिए पनि भाइरल सङ्क्रमणको कुनै असर नदेखिएको हो।
‘डसडर्फ पेसेन्ट’को रूपमा परिचित मार्क फ्रान्क सन् २०१३ को आसपासमा नै सीसीआर५-डेल्टा ३२ प्रत्यारोपण गराएका थिए। त्यसको पाँच वर्षपछि उनले एआरटी बन्द गरेका थिए। उनी पनि एचआईभी मुक्त छन्।
हड्किन लिम्फोमा किसिमको क्यान्सरका लागि लन्डन पेसेन्टले सीसीआर-५ डेल्टा ३२ म्युटेसनको प्रयोग भएको अनुमान गरेपछि तेस्रो बिमारी एडम कास्टीलेजोले पनि सोही शैली अपनाएका थिइन्। सन् २०१७ मा उनले आधा प्रत्यारोपण गरेपछि एआरटी छाडेका थिए। यसपछि नै एचआइभी पोजेटिभ नदेखिए पछि उनले सन् २०१९ मा आफ्नो घटना सार्वजनिक गरेकी हुन्।
ती अर्धबैशे महिलाले अम्बीलीकल कर्ड ब्लड सेल र सीसीआर ५ डेल्टा ३२ को मिश्रित प्रत्यारोपण गराएकी थिइन्। त्यसको तीन वर्षपछि उनले एआरटी पूर्ण रूपमा बन्द गरेकी हुन्।
सन् २०२२ मा भएको एक कन्फरेन्समा ‘सिटी अफ होप पेसेन्ट’को रूपमा परिचित साउथ क्यारोलीनामा एक घटना सार्वजनिक गरेका थिए। एक व्यक्तिले सन् २०१९ मा प्रत्यारोपण गरेको तथा त्यसको दुई वर्षपछि एआरटी बन्द गरिएको जानकारी गराएका थिए। ती बिमारी पाको भएका कारण माइल्ड किमोथेरापी गरिएको थियो। ‘डसडर्फ पेसेन्ट’को रूपमा परिचित मार्क फ्रान्क सन् २०१३ को आसपासमा नै सीसीआर५-डेल्टा ३२ प्रत्यारोपण गराएका थिए। त्यसको पाँच वर्षपछि उनले एआरटी बन्द गरेका थिए। उनी पनि एचआईभी मुक्त छन्।
यी सबै अध्ययनपछि एचआईभीको उपचार र क्यान्सरको बारे जोडिएका छन्। यी सबै ठिक भएका क्यान्सर बिमारी हुन्। एचआईभी सङ्क्रमितको आयु त्यसै पनि बढ्दै गएको समयमा क्यान्सर रोग नभएकामा यो प्रत्यारोपण गर्ने या नगर्ने भन्ने बहस चिकित्सा क्षेत्रमा पक्कै रहने छ।
सन् २०२० मा आइपुग्दा सबै भन्दा प्रभावकारी उपचार पद्धति जर्नलमा प्रकाशित भएका थिए। तीनै जर्नलमा प्रकाशित सम्भावनाका बारे अहिले पनि अध्ययन जारी नै छ।
४० वर्ष यता तीन करोड ८० लाख मानिस एचआईभी सङ्क्रमणका साथ बाँची रहेको अनुमान छ। यसको उपचारमा केही चुनौती पक्कै छन्। पहिलो त यसको पत्ता लाग्न नै केही समय लाग्नसक्छ। पत्ता लागेको समयमा भाइरल लोड फैलीसकेको हुन्छ। यो मानिसको सेलको भित्री तहसम्म लुकेर बसेको हुन्छ। कुनै समय यसको नदेखिए पनि फेरी सक्रिय हुने सम्भावना रहन्छ।
सन् २०२० मा आइपुग्दा सबै भन्दा प्रभावकारी उपचार पद्धति जर्नलमा प्रकाशित भएका थिए। तीनै जर्नलमा प्रकाशित सम्भावनाका बारे अहिले पनि अध्ययन जारी नै छ। अहिले ल्याबोरेटरीमा अध्ययन भइरहेका यी सबै थेरापीको केही वर्ष मानै क्लिनिकल परीक्षण हुने अपेक्षा चिकित्सा क्षेत्रले गरेको छ।
ह्युमन इम्युनो डिफिसेन्सी भाइरस (एचआईभी) मानिसको शरीरमा प्रवेश गरेपछि यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ। प्रतिरक्षा प्रणाली कमजोर बनाएर एउटा अत्यन्त खराब अवस्था बन्नु नै एड्स रोग हो। यसपछि नै मानिसमा क्षयरोग, क्यान्सर र अन्य सामान्य सङ्क्रमणले पनि सताउने गर्छन्। शरीरमा सीडीफोर २०० सेल/एमएमक्यु भन्दा कम भएमा यस अवस्थालाई एड्स भनिन्छ।
सन् १९८३ मा एचआईभी पत्ता लागेको सात वर्षपछि यसको पहिलो उपचारको सुरुवात भएको थियो। सो सात वर्षमा लाखौँ जना सङ्क्रमित भएका थिए भने हजारौँ जनाले ज्यान गुमाएका थिए।
यो खोजको परिणाम स्वरूप एजेडटीको परिवर्तित स्वरूप बजारमा आएको हो। त्यो उपचार पद्धति केही हदसम्म प्रभावकारी भए पनि यसमा विभिन्न किसिमको प्रश्न उठेका छन् । यसको मूल्य पनि महँगो भएका कारण धेरै देशमा यो पद्धति उपयोगी मानिएको छैन।
अमेरिकाको नियामक संस्था औषधि तथा खाद्य प्रशासनले पहिलो पटक एचआइभीको उपचारलाई अनुमोदन गरेको हो। सन् १९६० मा क्यान्सरको उपचारका लागि एजेडटीको अध्ययन भएको थियो। त्यसको २३ वर्षपछि एचआइभी पत्ता लागेपछि औषधि निर्माता कम्पनीले यसका बारे नयाँ खोज सुरु गरेका थिए। यो खोजको परिणाम स्वरूप एजेडटीको परिवर्तित स्वरूप बजारमा आएको हो। त्यो उपचार पद्धति केही हदसम्म प्रभावकारी भए पनि यसमा विभिन्न किसिमको प्रश्न उठेका छन् । यसको मूल्य पनि महँगो भएका कारण धेरै देशमा यो पद्धति उपयोगी मानिएको छैन।
२० वर्ष यता एआरटीको प्रयोग हुन थालेको छ। जसले एचआईभी सङ्क्रमितलाई सामान्य मानिसको झैँ बाच्न सहयोग गरेको छ। तथापि पूर्ण नेगेटिभ हुने प्रभावकारी औषधि पत्ता लाग्नका लागि क्यान्सरको अध्ययन र एचआईभीको अध्ययन सँगसँगै भइराखेको छ।
स्रोतः टाइम डटकम, एड्स म्याप डटकम, भिआइभी हेल्थ केयर डटकम, डब्लुएचओ