ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामै रहने भन्नेबारे फैसला आउँदै

By खबरहब

December 01, 2023

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेबारे केही बेरमा फैसला आउन लागेको छ ।

हाल सो प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनुपर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको जनाइएको छ ।

अदालतमा जवाफी बहसमा खाँणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको उनीहरुमाथि आरोप लागेको छ ।