ब्रेकिङ स्टोरी

एनसेलको शेयर बेच्ने निर्णयविरुद्ध अदातलले बोलायो दुबै पक्षलाई छलफलमा

By खबरहब

December 01, 2023

काठमाडौं – उच्च अदालत पाटनले एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

नेपालमा यवसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध गोकुल बहादुर रोकायाले दायर गरेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको हो ।

अन्तरिम आदेश दिने वा नदिनेबारे दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गरिने आदेशमा उल्लेख छ ।