ब्रेकिङ स्टोरी

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु रायमाझी र खाँण थुनामै रहने

By खबरहब

December 01, 2023

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने भएका छन् ।

उच्च अदालत, पाटनलले आज फैसला सुनाउँदै रायमाझीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।  खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएपछि उनी हाल थुनामा नै रहने भएका हुन् । उनको मुद्दा तेस्रो न्यायाधीश समक्ष निर्णायार्थ पेस हुनेछ ।

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।