राजनीति

नेतृत्वकाे इच्छाशक्ति नभएको कारण जनतामा निराशा छायो :  शेखर कोइराला

By खबरहब

December 01, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूमा इच्छाशक्ति नभएकै कारण जनतामा निराशा छाएको बताएका छन् । नेताहरूकै आचरणका कारण जनतामा चरम निराशा छाएको कोइरालाले बताए ।

नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै उनले जनतालाई आशा जगाउने र हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको बताएका हुन् ।

राजनीतिक दलको नेतृत्वमा बस्नेहरूले कुनै कालखण्डमा देश र प्रजातन्त्रको लागी राम्रो काम गरेको बताउँदै कोइरालाले भने- ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढङ्गले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मान पूर्वक नेतृत्व छाड्नुपर्छ ।’

नेता कोइरालाले गुट र उपगुटको चौघेरामा रमाउन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।