समाचार

आजियाटाले एनसेलको स्वामित्व स्पेक्ट्रालाइटलाई बेच्ने

By खबरहब

December 01, 2023

काठमाडौं- मलेशियाको अजियाटा समूहले दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो स्वामित्व बेलायतको स्पेक्ट्रालाइटलाई बिक्री गर्ने भएको छ ।

यसअघि नेपालमा व्यवसायिक चुनौति बढेको भन्दै आजियाटाले एनसेलको आफ्नो स्वामित्व बिक्री गर्ने घोषणा गरेको थियो । एनसेलमा ८० प्रतिशत स्वामित्व रेनोल्ड होल्डिङ्सको नाममा छ, जसलाई आजियाटाले सन् २०१६ मा खरिद गरेको थियो ।

बाँकी २० प्रतिशत स्वामित्व सतिशलाल आचार्यको सुनिभेरा क्यापिटल्सको नाममा रहेको छ ।