तस्विर- सीएनएन

अन्तर्राष्ट्रिय

युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० भन्दा बढीको मृत्यु

By खबरहब

December 01, 2023

गाजा – इजरायल र हमास बीचको युद्धविराम समाप्त भएपछि पुनः आक्रमण शुरु भएको छ । इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

गाजा पट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ६० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन् ।

हमाससँग युद्धविराम जारी राख्ने सहमति नभए पछि इजरायलले आक्रमण गरेको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हमासले युद्धविरामको उल्लङ्घन गरेको छ र इजरायली क्षेत्रतर्फ गोलीबारी गरेको छ, त्यसपछि मात्र हामीले आफ्नो कारबाही सुरु गर्‍यौँ।’