समाचार

रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

By खबरहब

December 01, 2023

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिएका छन् ।

लामिछाने शनिबार कतार, मलेसिया तथा बेलायतको भ्रमणका लागि प्रस्थान गर्ने छन् । डिसेम्बर पहिलो साता मलेसिया र कतारको कार्यक्रममा सहभागी हुने लामिछाने त्यहींबाट सिधै बेलायत पुग्ने बताइएको छ । भ्रमणका क्रममा उनले केही राजनीतिक भेटवार्ता गर्नेछन्। त्यस बाहेक उनले कतार, मलेसिया र बेलायतवासी नेपालीहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

लामिछाने मंसिर २९ गते स्वदेश फर्कनेछन् ।