राजनीति

जसपाको राजनीतिक समितिले सरकारमा जाने निर्णय गर्ने

By खबरहब

January 02, 2023

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ ।

मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने पार्टीका मुद्धा र सरकारमा सहभागिता जनाउनेबारे निर्णय गर्ने हुनेछ । जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

शनिबारको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो । त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन् ।