राजनीति

खनालको प्रस्ताव- वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ 

By खबरहब

January 02, 2023

काठमाडौं– एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् । सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन् । 

तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरूबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ । आ-आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीलाई अहिले मिलाउन र एकरूपता कायम गर्न नसकिने भन्दै उनले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताए । 

एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बसिरहेको छ ।