फाइल फोटो

देश/प्रदेश

शितलहर बढेपछी महोत्तरीका विद्यालय बन्द

By खबरहब

January 02, 2023

महोत्तरी – बाक्लो हुस्सु र शितलहर वढेपछी महोत्तरीमा सामुदायिक विध्यालय धमाधम बन्द हुन थालेका छन् ।अत्याधिक जाडो वढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् । अहिलेसम्म जिल्लामा ७ पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ ।

बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका,लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरि ७ पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।

सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् । जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेवाट बिदा दिने त्याहाको शिक्षा साखाले जानकारी दियो ।