फाइल फोटो

राजनीति

सरकारमा सहभागी हुने विषयमा जसपाले मंगलबार निर्णय गर्ने

By खबरहब

January 02, 2023

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले मुलकको उपलव्धीलाई रक्षा गर्नका लागि पार्टी शसक्त भूमिका निर्वाह गर्ने जनाएको छ ।

सोमबारबाट ललितपुरमा सुरु राजनीतिक समितिको बैठकले राजनीतिक अवस्था र निर्वाचनको समिक्षा गर्दै जसपाले सरकारमा रहेर वा प्रतिपक्षमा रहेर संघीयता लगाएतका उपलब्धीलाई रक्षा गर्न शसक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले जसपा राष्ट्रिय पार्टी बन्नुमा सन्तोषजनक हुनुपर्ने तर यो नै प्रयाप्त नभएको बताएका थिए । यसअघिको कांग्रेस नेतृत्वको गठबन्धनले आफुहरुलाई अन्तिम समयसम्म झुटो आश्वासन दिएर अल्झाएको र पछि सिट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धन छाड्ने परिस्थीतिमा पुगेको बैठकपछि जसपा नेता डा सुरेन्द्र यादवले जानकारी दिए । सरकारमा सहभागीताका बिषयमा मंगलबार छलफल हुने र निष्कर्षमा पुगिने उनले बताए ।

वर्तमान सरकारलाई समर्थन गरेको जसपा भित्र सरकारमा सहभागी हुने वा नहुने भन्ने बिषयमा विवाद छ ।