माओवादी पार्टी कार्यालय । फाइल तस्बिर

राजनीति

नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्ने

By खबरहब

February 02, 2023

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

बुधबार स्थगित बैठक आज बस्ने भएको हो । आजको बैठकमा केन्द्रीय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने सम्भावना छ ।

स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरूलाई केन्द्रीय विभागमा जिम्मेवारी बाँडफाँड गर्ने एजेन्डामा प्रवेश गरेको माओवादीमा आज निर्णय लिने तयारी छ।